मजमाविका विद्यार्थीलाई प्रथम शिल्ड प्रदान गरिँदै । (तस्बिर : सञ्जु कर्ण/उज्यालाे अभियान)
सन्जु कर्ण/उज्यालाे अभियान
हरिवन, १२ जेठ – सर्लाहीको हरिवन नगरपालिका-८ स्थित महादेव जनता माध्यमिक विद्यालयमा आयाेजित नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा आयाेजक मजमावि नै प्रथम भएकाे छ ।
हरिवन नगरपालिकाका अन्तर्गत १२ वटा विद्यालय सहभागी प्रतियोगितामा सनराइज बोर्डिंङ स्कुल दोस्रो भएको छ भने जनजागृती मावि बेताली तेस्रो हुन सफल भएको छ । एम्बिसन एकेडेमी नयाँरोड र राम अवतार मावी अत्रौली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए । विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, मजमाविका पूर्व विद्यार्थी समाजका प्रतिनिधि, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शिक्षक टीका भण्डारी र दुर्लभ भट्टराईले सञ्चालन गरेको कार्यक्रमकाे निर्णायकमा कोरियोग्राफर रेनु स्याङ्तान थिईन् । मजमाविकाे वार्षिक रुपमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत शुकबार नृत्य प्रतियाेगिता सम्पन्न गरिएकाे र आगामी शुक्रबार नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयाेजना गरिएकाे प्रअ गिरीले जानकारी दिए ।