logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही प्रहरीले मानिस सहित जीप र माेटरसाईकल लगायत सामानहरु भन्सार बुझायाे


  • उज्यालो अभियान

मलंगवा, ११ जेठ – जिल्ला प्रहरी कार्यालय मलंगवाले जीपकार र माेटरसाईकल सहित २१ लाख ४६ हजार २९५ रुपैंया मूल्य बराबरकाे सामग्री भन्सार कार्यालय मलंगवालाई बुझाएकाे छ ।

विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुबाट नियन्त्रणमा लिईएका सबारीसाधन सहितका सामग्रीहरु आवश्यक कार्बाहीका लागि विहिबार भन्सार कार्यालय बुझाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको एक जना मानिस सहित विभिन्न किसिमका लता कपडा, किराना तथा कस्मेटिक समानहरु भन्सार कार्यालय बुझाईएकाे प्रहरीले जनाएकाे छ । भन्सारलाई बुझाईएका सवारीसाधनमा ५ वटा माेटरसाईकल र २ वटा जीपकार समेत रहेका छन् ।