logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा राष्ट्रिय क्योकुशिन–कान कराँते प्रतियोगिता हुने


  • उज्यालो अभियान

लालबन्दी, ०५ जेठ – सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक नेपाल क्योकुशिन–कान कराँते संघले आज लालबन्दीमा पत्रकार सम्मेलन आयोजना गरी जेठ २५ र २६ गते दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराँते प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागिय क्लबका समेत गरी २५० जना खेलाडीलाई सहभागी गराई क्योकुशिन–कान कराँतेमा प्रतिस्पर्धा गराइने प्रशिक्षक शशी देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र बिजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिने छ ।

आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौलम समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।

उद्योग वाणिज्य संघ लालबन्दीको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा लालबन्दी नगरपालिकाको खेलकुद विकास समितिका संयोजक तथा वडा नं. १७ का वडाध्यक्ष विष्णु अधिकारी, उद्योग वाणिज्य संघ लालबन्दीका महासचिव रामप्रसाद देवकोटा, कराँते प्रशिक्षक सुवास काफ्लेलगायतको उपस्थिति रहेको थियो ।