logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शैक्षिक गुणस्तर सुधार गर्न अन्तरक्रिया


  • उज्यालो अभियान

बयलवास, ०४ जेठ – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको नारायण माध्यमिक विद्यालयमा गुणस्तर सुधार गर्ने उद्देश्यले आज अन्तरक्रिया गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा उपप्रमुख रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, निवर्तमान नगर उपप्रमुख एकावती देवी चौधरी, सहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

नगरभित्रको प्रमुख माध्यमिक विद्यालयको रुपमा रहेको नारायण माविले आफ्नो शैक्षिक गुणस्तर के–कसरी सुधार गर्न सकिन्छ ? भनी अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यालयले आजैबाट निःशुल्क कम्प्युटर कक्षा प्रारम्भ गरेको प्रधानाध्यापक फणिराज बरालले बताए ।