logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी ५ मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना


  • उज्यालो अभियान

लालबन्दी, ३१ वैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–५, स्थित वडा कार्यालयमा आज नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

प्रदेश सरकारको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मातहत रहने गरी मेजरगन्जस्थित वडा कार्यालय परिसरमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको हो । केन्द्रको आज बिहान लालबन्दी नगरपािलकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरेका छन् ।

वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) को अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, आरोग्य सेवा केन्द्र जिल्ला प्रतिनिधि (वैद्य निरीक्षक) महेश जैसवाल, लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानी, हरिपुर नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख कपिलेश्वर झालगायतको आतिथ्यता रहेको थियो ।

नागरिक आरोग्य सेवा केन्द्रमा एक जना वैद्य बसेर आयुर्वेद सम्वन्धी परामर्श र औषधि प्रदान गर्ने छन् ।

आज औपचारिक रुपमा सेवा केन्द्रको स्थापना भएपनि आयुर्वेद औषधि आउन भने अझै केही दिन लाग्ने बताइएको छ ।