logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मन्त्री लुंगेलीद्वारा आवास भवन हस्तान्तरण


  • उज्यालो अभियान

भवन हस्तान्तरणका क्रममा रिवन काट्दै मन्त्री बेची लुंगेली र लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन लगायत । (तस्बिर : उज्यालो अभियान)

भवन हस्तान्तरणका क्रममा शिलालेख अनावरण गर्दै मन्त्री बेची लुंगेली । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी, २९ वैशाख – मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले महेन्द्र नारायण निधी आवास कार्यक्रम अन्तर्गत निर्मित भवन हस्तान्तरण गरेकी छिन् ।

शनिबार बिहान लालबन्दी नगरपालिका वडा नं. ५ मा दुई तथा १० नं. वडामा एक गरी तीनवटा नवनिर्मित भवनहरु मन्त्री लुंगेलीले हस्तान्तरण गरेकी हुन् । ५ नम्बर वडाका हरि धमला र मैति देवी मोक्तान तथा १० नम्बर वडाका गणेश बहादुर मिरिङचिङलाई नवनिर्मित भवनहरु हस्तान्तरण गरिएको मन्त्री लुंगेलीले जानकारी दिईन् । भवन हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, वडाध्यक्ष मिन प्रसाद ढुंगेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्य, भोला आले, हेम सुस्लिङ, बेन्नी आले लगायतको उपस्थिती रहेको थियो ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मातहत रहेको महेन्द्र नारायण निधी आवास कार्यक्रम मार्फत मन्त्री लुंगेलीकै पहलमा उक्त भवनहरु निर्माण सम्पन्न भएको बताईएको छ