logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महावीर जनता माविको अध्यक्षमा पुनः चौधरी चयन


  • उज्यालो अभियान

हरिपुर, ११ बैशाख – सर्लाहीको हरिपुर नगरपालिका–२ मा रहेको महावीर जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः उदयनारायण चौधरी चयन भएका छन् ।

विद्यालयका चन्दादाता तथा संस्थापकबाट सदस्यमा मनोनित भएका चौधरी दोस्रो पटक अध्यक्षमा चयन भएका हुन् । यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा शिक्षाप्रेमीबाट नवीन ढकाल मनोनित भएका छन् ।

नगर शिक्षा ऐन अनुसार हरिपुर नगरपालिकाले चन्दादाताबाट चौधरी र शिक्षाप्रेमीबाट ढकाललाई व्यवस्थापन समितिमा मनोनयन गरेर ल्याएको हो । यसअघि चैत ३० गते सम्पन्न अभिभावक भेलाले अभिभावकहरुबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको थियो ।

४ जना सदस्यमा माधव सरकार, गजेन्द्र चौधरी, बबिता राउत चौधरी र मीराबती चौधरी रहेका छन् । व्यवस्थापन समितिका मनोनित तथा अभिभावक भेलाबाट छानिएका सदस्यहरुलाई हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, प्रधानाध्यापक अमृतलाल मोक्तानलगायत भएर खादा ओढाएर स्वागत तथा सम्मान गरेका छन् ।

व्यवस्थापन समिति सदस्यमा वडाध्यक्ष पदेन सदस्य, प्रधानाध्यापक सदस्य सचिव र एक जना शिक्षक सदस्य रहने व्यवस्था छ ।