logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सागरनाथमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढी लाभान्वित


  • उज्यालो अभियान

फाइल तस्बिर ।

सागरनाथ, ८ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लालबन्दी मोडेल अस्पताल प्रा.लि. लालबन्दी ६ ले सागरनाथमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा महिला तथा पुरुष गरी १७७ जनाको निःशुल्क उपचार गरिएको छ । २७ जना बालबालिका र आँखाको समस्या भएका ३७ जनाको पनि निःशुल्क उपचार गरिएको छ ।

शिविरमा आएकाहरुलाई डा. राकेश ठाकुर र आलोक कुशवाहाले उपचार गरेका अस्पतालका प्रवन्धक लालबाबु कुशवाहाले जानकारी दिए । उनका अनुसार शिविरमा इसिजी र सुगर परीक्षण निःशुल्कसहित औषधि समेत वितरण गरिएको छ ।