logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बलरामा दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु


  • उज्यालो अभियान

बलरा, ३ बैशाख – सर्लाहीको बलरामा आजबाट दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बलरा नगरपालिका वडा नं. ८ स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज बिहान संविधान सभाका सदस्य शिवपुजन राय यादव, बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका वडाध्यक्षहरु लगायत भएर उद्घाटन गरेका छन् ।

प्रतियोगितामा आज भएको उद्घाटन खेलमा जनप्रतिनिधि र कर्मचारीको संयुक्त टिमले वडा नं. ६ मिर्जापुरलाई पराजित गरेको छ । बैशाख १० गते फाइनल खेल हुने प्रतियोगितामा बलरा नगरपालिकाभित्रका ११ वटा वडाको ११ टिम र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको संयुक्त एउटा टिम गरी १२ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने मेयर कुशवाहाले जानकारी दिए ।