logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

फौदसिंह माविले पनि पायो मिनिबस


  • उज्यालो अभियान

रानिगन्ज, ३ बैशाख – वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासले वीरगन्जमा कार्यक्रम गरेर लालबन्दी १७ रानिगन्जमा रहेको फौदसिंह माध्यमिक विद्यालयलाई एउटा मिनिबस प्रदान गरेको छ ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर पूर्वछानेले हिजो वीरगन्जमा पुगेर मिनीबस बुझेर आएका विद्यालयले जनाएको छ । उक्त मिनिबस हिजै विद्यालयमा आइसकेको स्थानीय युवा दामोदर सापकोटाले जानकारी दिए ।

भारतीय सरकारले हिजो नै नारायणपुर र मधुवनी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा सर्लाही क्याम्पस मलंगवालाई स्कुल बस प्रदान गरेको थियो ।