logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्याम्पस मलंगवाले प्राप्त गर्यो स्कुल बस


  • उज्यालो अभियान

मलंगवा, २ बैशाख – सर्लाहीको सबैभन्दा जेठो क्याम्पस सर्लाही क्याम्पस मलंगवाले पनि अब स्कुल बस संचालन गर्ने भएको छ ।

क्याम्पसलाई आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुतावासले स्कुल बस हस्तान्तरण गरेको हो । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सर्लाही क्याम्पसलाई एउटा स्कुल बस हस्तान्तरण गरिएको हो । क्याम्पस प्रमुख राजेश यादव र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का क्याम्पस इकाइ सभापति धिरेन्द्र यादव (टाका) ले बस बुझेर सर्लाहीतर्फ लिएर आइरहेका क्याम्पसले जनाएको छ ।

२०३७ सालमा नै स्थापना भएको क्याम्पसले अहिले आएर बल्ल बस प्राप्त गरेपछि अब विद्याथीलई पठनपाठनका लागि आवतजावतमा सहज हुने स्ववियु सभापति टाकाले उज्यालो अभियानसँग बताए । उनले आफूहरु स्ववियु कार्य समितिमा निर्वाचित भए लगत्तै क्याम्पसलाई ज्ञापन पत्र बुझाएर बारम्बार ताकेता दिएको र जिल्लाका सांसदहरुलाई समेत दबाब दिएकाले स्कुल बस प्राप्त भएको बताए ।

पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीले यसअघिदेखि नै स्कुल बस सन्चालन गर्दै आइरहेका छन् ।

क्याम्पसदेखि टाढा रहेका विद्यार्थीलाई ल्याउने, लाने कार्यका लागि स्कुल बसको प्रयोग हुँदै आएको छ ।