हरिपुर, १ बैशाख – सर्लाहीको हरिपुर नगरपालिका २ स्थित महावीर जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा ४ जना सदस्य सर्वसम्मत रुपमा चयन भएका छन् ।
गएसाँझ अबेरसम्म भएको अभिभावक भेलाले ४ जना सदस्यलाई सर्वसम्मत रुपमा व्यवस्थापन समितिमा चुनेको हो । अभिभावकहरुबाट माधव सरकार, गजेन्द्र चौधरी, बबिता राउत चौधरी र मीराबती चौधरी चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक अमृत लामाले जानकारी दिए । उनका अनुसार अब नगर शिक्षा ऐन अुनसार नगरपालिकाले चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य छानेर पठाउने छ । व
डाध्यक्ष पदेन सदस्य, प्रधानाध्यापक सदस्य सचिव र एक जना शिक्षक सदस्य रहने व्यवस्था छ । केही दिनभित्रै बाँकी सबै सदस्यको पनि टुंगो लाग्ने प्रधानाध्यापक लामाले बताए ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष उदयनारायण चौधरीको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा आयोजित अभिभावक भेलामा संविधान सभा सदस्य रन्जना सरकार, नगरप्रमुख गोपाल पन्जियार लगायतको आतिथ्यता रहेको थियो ।