logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका किसानलाई गहुँ भित्र्याउने चटारो


  • उज्यालो अभियान

कविलासी, ३० चैत – सर्लाहीसहित तराई क्षेत्रका किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ ।

यहाँका किसानले अहिले आ–आफ्नो खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थे्रेसर लगाइरहेका छन् । यो वर्ष गहुँको उत्पादन भने राम्रो नरहेको किसानको भनाई छ ।

गहुँ बाली पाक्ने बेला पानी परेपनि त्यसअघि गहुँ रोपेपछि पानी नै नपर्दा उत्पादन राम्रो हुन नसकेको हो । फलेको गहुँ पनि मुसाले खाएर धेरै नै क्षति गर्न थालेपछि किसानले भ्याइनभ्याइ गरेर भित्याइरहेका छन् । यहाँका प्रत्येक खेतीयोग्य फाँटमा अहिले गहुँ काट्ने मजदुर र किसान देखिने गरेका छन् ।

केही किसानले गहुँ काट्नका लागि मेसिन प्रयोग गर्न थालेका छन् । तर सबै किसानको पहुँचमा मेसिन पुग्न सकेको छैन् । अधिकांश किसानले आफै तथा कतिपयले मजदुर लगाएर गहुँ काट्ने गरेका छन् ।

गहुँ झार्नका लागि भने किसानको खेतखेतमै थे्रसर पुग्ने गरेको छ । सर्लाहीमा २४ हजार हेक्टर जग्गामा गहुँ खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

जिल्लामा अघिल्ला वर्षहरुमा वार्षिक ६० देखि ६५ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको थियो ।