logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कोठिखोलामा ‘रणअफ हार्वेष्टिङ ड्याम’ निर्माण सूरु (हेर्नोस् भिडियो)


  • उज्यालो अभियान

Oplus_131072

हरिवन, २९ चैत – सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ चुरे क्षेत्र स्थित कोठिखोलामा हार्वेष्टिङ र अर्देन ड्याम निर्माण कार्य सूरु भएको छ ।

बगेर त्यसै खेर जाने कोठिखोलाको पानीलाई जम्मा गरेर स्थानीय कृषकहरुलाई सिंचाई सुविधा उपलब्ध गराउने उद्धेश्य सहित ड्याम निर्माण कार्य सूरु भएको हो । ड्याम निर्माण सम्पन्न भएपछि जमिन माथिको मात्र नभई मुनिबाट बगेर जाने पानी समेत जम्ने भएकाले ठूलो जलाशय बन्ने सम्भावना रहेको योजना उपलब्ध गराउने राष्ट्रपति चुरे तराई संरक्षण समिति कार्यक्रम कार्यन्वयन ईकाई जनकपुरका प्राविधिक कृष्ण साहले जानकारी दिए । साहका अनुसार त्यहाँ ४५ मिटर लामो आरसीसी हार्वेष्टिङ ड्याम र ३० मिटरको अर्देन ड्याम निर्माण हुने अनुमान गरिएको र काम गर्दै जाँदा केही घटबढ पनि हुन सक्ने छ । अनुमानित ३९ लाख लागतमा २०८० असार ६ गते सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत सूरु भएको योजनाको नाम रणअफ हार्वेष्टिङ ड्याम कोठिखोला राखिएको छ ।

वडाध्यक्ष टम बहादुर घिसिङको निरन्तरको पहलपछि राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई जनकपुरले उक्त योजना उपलब्ध गराएको हो । १ वर्ष अघि कोठिखोलाको चुरे डाँडामै बसोबास गरिरहेका ४५ घरधुरीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सफल भएका वडाध्यक्ष घिसिङले अब उनिहरुको खेतमा सिंचाईको सुविधा समेत पुर्याउने योजना अगाडी बढाउन लगाएका छन् ।

ड्याम निर्माण सम्पन्न भएपछि बन्ने ठूलो जलाशयबाट स्थानीय खेतमा सिंचाई सुविधाका अलावा स्विमिङ, माछा पालन लगायत अन्य योजनाहरु पनि अगाडी बढाउन सकिन्छ कि भनेर आफूहरुले सोचिरहेको वडाध्यक्ष घिसिङले बताए । ‘अलि माथि कन्या दह तथा झरना पनि छ, यो जलाशय भएपछि त सुनमा सुगन्ध हुन्छ’, वडाध्यक्ष घिसिङ भन्छन्, ‘आन्तरिक तथा भारतीय पर्यटकहरुको रोजाईको क्षेत्र समेत पर्न सक्छ ।’

बुधबार हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान लगायत पुगेर योजना सूरुवात अवलोकन गरेका थिए ।