हरिवन बजारमा राखिएकाे मेशिनबाट खानेपानी थाप्दै सर्बसाधारण । (तस्बिर : उज्यालाे अभियान)
हरिवन, २८ चैत – सर्लाहीकाे महत्वपूर्ण व्यापारिक केन्द्र हरिवन बजारमा शुद्द खानेपानी सेवाकाे व्यवस्था गरिएकाे छ ।
उद्याेग वाणिज्य संघ हरिवनकाे अगुवाईमा हरिवन बजारमा दुईवटा तथा नयाँराेड बजारमा एउटा मेशिन राखेर राजमार्ग क्षेत्रमा हिँड्ने बटुवाका लागि खानेपानीकाे व्यवस्था मिलाईएकाे हाे । बुधबार बिहान हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी(कमल), उपमेयर हरिमाया घलान लगायतले संयुक्त रुपमा खानेपानी सेवाकाे उद्घाटन गरेका छन् ।
संघका अध्यक्ष प्रयागराज पाेतेकाे अध्यक्षतामा हरिवन बजारमा आयाेजित उद्घाटन समाराेहमा खानेपानी सुविधाका लागि मेशिन खरिद गर्न आर्थिक सहयाेग गर्ने दाताहरुलाई कदर-पत्र सहित सम्मान समेत गरिएकाे छ । विदेश तथा मुलुककै विभिन्न शहरहरुमा कार्यरत हरिवनबासी एवं अन्य ठाउँका दाताहरुबाट आर्थिक संकलनबाट खानेपानीकाे मेशिन जडान गरिएकाे संघका अध्यक्ष पाेतेले जानकारी दिए । उनले विदेशमा रहेका हरिवनबासीहरुबाट पूनः आर्थिक सहयाेग संकलन गरेर दुईवटा शव राख्ने मेशिन र एउटा शवबाहनकाे समेत व्यवस्था मिलाउने तयारी भईरहेकाे बताएका छन् ।
३ लाख ४५ हजा रुपैयाकाे लागतमा जडान गरिएकाे तीनवटै मेशिनमा चाैबिसै घण्टा शुद्द पिउने पानी उपलब्ध हुने कार्यक्रम संचालक विनाेद महतले जानकारी दिए । संघका पदाधिकारी दिनेश केसीका अनुसार हरिवन खानेपानी उपभाेक्ता समितिकाे मिटर जडान सहित खानेपानीका मेशिन राखिएकाे हाे ।