logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी नगर अस्पतालमा ब्लड बैंक पनि संचालन


  • उज्यालो अभियान

नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २८ चैत – लालबन्दीस्थित नगर अस्पतालमा ब्लड बैंक पनि संचालनमा आएको छ ।

गएको फागुन २१ गतेबाट शल्यक्रिया (सिएस) माध्यमबाट प्रसुति सेवा सुरु गरेको नगर अस्पतालले ब्लड बैंक समेत स्थापना गरेको हो । ब्लड बैंकबाट गएसाँझ पहिलो पटक एक जना वृद्धालाई रगत चढाइएको नगर अस्पतालले जनाएको छ ।

ब्लड बैंक स्थापना भएसँगै शल्यक्रियामार्फत प्रसुति गराउँदा रगत आवश्यक पर्दा अब निकै सहज हुने अस्पतालका इन्चार्ज एवं प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास रायले उज्यालो अभियानसँग बताए ।