जिल्ला प्रहरी कार्यालय सर्लाही ।
मलंगवा, २७ चैत – प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले सर्लाही प्रहरीको नेतृत्व सम्हालेका छन् ।
एसपी सिंह हिजो (सोमबार) अपरान्ह जिल्ला प्रहरी कार्यालय मलंगवामा हाँजिर भएर जिल्लाको प्रहरी कमाण्ड सम्हालेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापासहितका प्रहरी अधिकृतहरुले स्वागत गरे ।
यसअघिका एसपी दयानिधी ज्ञवाली काज सरुवा भएर गएको भोलीपल्टै एसपी सिंह यहाँ हाजिर भएका जिल्ला प्रहरी कार्यालयले जनायो । सिंह प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट सरुवा भएर सर्लाही आएका हुन् ।
यसअघिका एसपी ज्ञवालीको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौँमा सरुवा भएको छ । उनी अस्ती आइतबार यहाँबाट बिदा भएर गएका थिए ।