जब्दी, २४ चैत – थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीले थारु समुदायबाट २०८० सालमा लोकसेवा पास गर्ने जिल्लाभरका ४० जना भन्दा बढीलाई आज सम्मान गरेको छ ।
स्वास्थ्य, शिक्षा, नेपाल प्रहरी, नेपाली सेनासहित लोकसेवा उर्तिण गरी स्थायी जागिरमा नाम निकालेका ४० जनालाई लालबन्दी ३ जब्दी भैरवपुरस्थित वडा कार्यालयको सभा हलमा सम्मानपत्र सहित सम्मान गरिएको हो । थारु समुदायका अन्य विद्यार्थी तथा युवालाई पनि प्रोत्साहन होस् भन्ने उद्देश्यले सम्मान गरिएको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष सूर्यनारायण चौधरीले जानकारी दिए ।
चौधरीकै अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिपुरका मेयर गोपाल पन्जियार, ईश्वरपुरकी उपमेयर रन्जिता देवी चौधरी, थारु विद्यार्थी सभाकी केन्द्रिय अध्यक्ष सुशीला चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले सुजाता चौधरी अध्यक्ष रहने गरी १३ सदस्यीय थारु विद्यार्थी सभा सर्लाही गठन गरिएको छ ।