logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लोकतान्त्रिक गोल्डकप फुटबल : रौतहटमाथि आयोजक सर्लाहीको जित


  • उज्यालो अभियान

 

विजयी सर्लाहीका खेलाडीहरु । रामपुर, चैत २० – आयोजक सर्लाहीले ईश्वरपुर नगरपालिका-८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज रौतहटलाई पराजित गरेको छ ।

प्रतियोगिताको सहआयोजक सर्लाहीको टिम जनजागृति यूवा क्लब रामपुरले रौतहटको टिम सी स्टार सी चन्द्रपुरलाई ट्राइबे्रकरमा ३-१ गोलले पराजित गरेको हो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि ट्राइबे्रकरमार्फत खेलको नतिजा निकालिएको हो ।

आजको खेलमा सर्लाहीका गोलरक्षक अरुण ब्लोन म्यान अफ दि म्याच घोषित भए । उनले नगद २५ सय पुरस्कार प्राप्त गरे । प्रतियोगितामा अब भोली पहिलो सेमिफाइनल खेलमा जनसेवी यूवा क्लब बर्दिवास र मोफसलको चर्चित क्लब नव जनजागृति यूवा क्लब सिमराले खेल्ने छन् ।

सिमरा हिजो बेंखाडी यूवा क्लब महोत्तरीलाई ट्राइबे्रकरमा ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । जनसेवीले प्रतियोगिताको उद्घाटन खेलमा सिरहामाथि १०-० गोलको जित निकालेको थियो ।

सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । फाइनल खेल चैत २४ गते हुने छ ।