logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लोकतान्त्रिक गोल्डकप फुटबल : आज आयोजक सर्लाही र रौतहटले खेल्दै


  • उज्यालो अभियान

रामपुर, चैत २० – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक सर्लाही र रौतहटले खेल्दै छन् ।

खेल अपरान्ह ४ बजेपछि रामपुरस्थित फूलजोर खोला किनारमा रहेको रामपुर खेल मैदानमा हुने छ । प्रतियोगितामा यसअघि हिजो मोफसलको चर्चित क्लब नव जनजागृति युवा क्लब सिमराले महोत्तरीको बेंखाडी युवा क्लबलाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गरेको थियो ।

सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

फाइनल खेल चैत २४ गते हुने छ ।