logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम मेयर कप क्रिकेट : चन्द्रपुर र पोलार्ड बिजयी


  • उज्यालो अभियान

जब्दी, चैत १९ – लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा आयोजित प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा आज चन्द्रपुर रौतहट र पोलार्ड ग्रुप लालबन्दी बिजयी भएका छन् ।

पहिलो खेलमा चन्द्रपुरले बर्दिवास यूथ क्लबलाई ५ विकेटले पराजित गर्यो । बर्दिवासले दिएको १०३ रनको मध्यम लक्ष्य चन्द्रपुरले ११.४ ओभरको खेलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यस्तै दोस्रो खेलमा पोलार्ड गु्रुप लालबन्दीले श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय बागमतीलाई ७४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोलार्ड गु्रुपबाट २६५ रनको विशाल लक्ष्य पाएर ब्याटिङमा आएको महेन्द्र जनताले १९.३ ओभरमा १० विकेटको क्षतिमा १९० रन मात्रै बनाउन सक्यो ।

लालबन्दी राइजिङ्ग क्लबले जब्दीस्थित फूलजोर खोला किनारमा रहेको चौरमा क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेताले ७५ हजार ५०५ रुपैयाँ र उपबिजेताले ३७ हजार ५०५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका सचिव सुरज थापाले बताए ।