logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विकास साझेदारहरुको समिक्षात्मक गोष्ठी सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, ०८ चैत – सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा आज विकास साझेदारहरुको समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिकै आयोजनामा समितिका सभापति कौशलकिशोर सिंह, उपसभापति जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, समन्वय अधिकारी कमलबहादुर कार्कीलगायतको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीले ७ बुँदे मलंगवा प्रतिवद्धता पत्र २०८० जारी गरेको छ ।

प्रतिवद्धतामा जिल्ला समन्वय समिति र विकास साझेदार मार्फत संयुक्त रुपमा स्रोत परिचालन तथा क्षमता विकास गरी स्थानीय तहको नीति तथा कार्यक्षमता अभिवृद्धिका लागि सहकार्य तथा समन्वयकारी भूमिका निर्वाह गर्ने, विकास साझेदारी संस्थाले कार्यक्रम संचालन गर्दा पारदर्शी तथा जवारदेही हिसाबले गर्ने, लक्षित वर्ग छनौट गर्दा कोही पनि नछुट्ने नीति अवलम्बन गर्नेलगायतका उल्लेख छन् ।

कार्यक्रममा जिल्लाका विभिन्न गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।