logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

८ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

लौकठ, २ चैत – सर्लाहीको बरहथवा नगरपालिका–११, लौकठमा रहेको जनता माध्यमिक विद्यालय रामनगर हीरापुरमा ८ वर्षपछि बल्ल व्यवस्थापन समिति चयन गरिएको छ ।

हिजो भएको अभिभावक भेलाले सर्वसम्मत रुपमा ६ सदस्यीय विद्यालय व्यवस्थापन समिति चुनेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा सन्जिव हुमागाईं, राजाराम महतो, दशैँ राय, परमेश्वरी देवी, शिलादेवी महतो र निर्मलादेवी महतो चयन भएका छन् । अब उनीहरुमध्येबाट एक जना अध्यक्ष चयन हुने छन् ।

राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थका कारण विद्यालय ८ वर्षसम्म व्यवस्थापन समितिविहीन बन्न पुग्यो । व्यवस्थापन समिति गठन भएसँगै विद्यालयमा अब शिक्षक भर्नालगायत यत्तिका वर्षसम्म रोकिएका काम अगाडि बढ्ने बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार व्यवस्थापन समिति गठनका लागि १०÷१२ पटक भेला भएपनि सहमती हुन सकेको थिएन् ।