हरिवन, ३० फागुन – सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको समता विद्यालयको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष डाकुरनाथ खतिवडाको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा विद्यालयकै प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र समता फाउण्डेसनका राष्ट्रिय अध्यक्ष दीपक सन्जेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
साधारण सभामा विद्यालयको भवन निर्माणमा ५० हजार भन्दा बढी सहयोग गर्ने इन्दुशंकर चिनी उद्योग, समाजसेवी युवराज बुढाथोकीसहितका केही दातालाई प्रशंसा पत्रसहित सम्मान गरिएको विद्यालयको भवन निर्माण समितिका अध्यक्ष सुकदेव कार्कीले जानकारी दिए ।
समता विद्यालय हरिवनमा २३० जना विद्यार्थीलाई मासिक १०० रुपैयाँ लिएर पढाउने काम भइरहेको छ ।