लालबन्दी, २८ फागुन – लालबन्दीमा आजबाट आइटीएफ तेक्वान्दोको तीन दिने टेक्निकल सेमिनार सुरु भएको छ ।
नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघले लालबन्दी ९ स्थित गोल्डेन फ्यूचर एकेडेमीमा आइटीएफ तेक्वान्दो टेक्निकल सेमिनार आयोजना गरेको हो । सेमिनारमा यस क्षेत्रका आइटीएफ तेक्वान्दो खेलाडीलाई सहभागी गराई के–कसरी आइटीएफ तेक्वान्दो खेल्ने भनी सिकाइने बताइएको छ ।
आइटीएफ तेक्वान्दोको टेक्निकल सेमिनारको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय अध्यक्ष प्रवीण कुमार कार्की, उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम), लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराई, आइटीएफ तेक्वान्दो मधेश प्रदेशकी अध्यक्ष अन्जना शिवाकोटालगायतको उपस्थिति रहेको थियो ।