logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्तर प्रदेश स्तरीय भलिबल : मकवानपुर र सिन्धुली बिजयी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

चिताईन, २८ फागुन – सर्लाहीको हरिपुरस्थित चिताइनमा आयोजित अन्तर प्रदेश स्तरीय दोस्रो मेयर कप नकआउट पुरुष भलिबल प्रतियोगितामा हिजो मकवानपुर र सिन्धुली बिजयी भएका छन् ।

पहिलो खेलमा मकवानपुरले महोत्तरीलाई लगातार २ सेटले पराजित गर्यो । मकवानपुरले पहिलो सेट २५–१० र २५–१६ ले जितेको हो । दोस्रो खेलमा सिन्धुलीले बारालाई ३–१ को सेटमा पराजित गरेको आयोजकले जनाएको छ ।

पहिलो सेट सिन्धुलीले २५–१५, दोस्रो सेट बाराले २७–२४ र तेस्रो सेट सिन्धुलीले २७–२५ ले जित्यो । प्रतियोगितामा आज नेपाली सेनाको भैरवी दल गण पाँचकुमारी ब्यारेक र धनुषा तथा बर्दिवासस्थित सशस्त्रको बाहिनी र चितवन जिल्लाले प्रतिस्पर्धा गर्दै छन् ।

लक्ष्मीनाथ यूवा क्लब चिताइनले आयोजना गरेको भलिबल प्रतियोगितामा नौवटा टिमले सहभागिता जनाएका छन् । फागुन ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यही बिचमा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिने आयोजकका चेतनारायण धामीले जानकारी दिए । उनका अनुसार महिलातर्फ बिजेतालाई २० हजार र उपबिजेतालाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।