logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम लालबन्दी महोत्सव सम्पन्न, दर्शकको ओईरो


  • उज्यालो अभियान

लालबन्दी, २१ फागुन – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा आयोजित प्रथम लालबन्दी महोत्सव गएरातिबाट सकिएको छ ।

महोत्सवको औपचारिक समापन समारोह हिजो अपरान्ह नै सकिए पनि राति कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका छन् । महोत्सव समापन समारोह उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

लालबन्दी ६ स्थित राधाकृष्ण फुटबल चौरमा फागुन १० गतेदेखि सुरु भएको महोत्सव सौहार्दपूर्ण वातावरणमा सकिएको हो । उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याणकुमार जोशीले महोत्सवमा आंकलन गरिएको भन्दा ३ गुणा बढी दर्शक आएकाले उत्साह थपिएको बताए ।

यो महोत्सवलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।

संघका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले समापन समारोहलाई सम्वोधन गर्नेक्रममा महोत्सवलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी वर्षबाट महोत्सवलाई थप व्यवस्थित र प्राप्त सल्लाह सुझाव अनुसार अघि बढाउने उद्घोष गरेका छन् ।