logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन युवा क्लबद्वारा ईलाका प्रमुख थापालाई सम्मान


  • उज्यालो अभियान

हरिवन, १६ फागुन – ईलाका प्रशासन कार्यालय हरिवनकाे प्रमुखकाे रुपमा सरुवा भई आएका शाखा अधिकृत राजकुमार थापालाई हरिवन युवा क्लबले स्वागत एवं सम्मान गरेकाे छ ।

हरिवन नगरपालिका-११ निवासी थापा जिल्ला प्रशासन कार्यालय मलंगवाबाट सरुवा भई ईलाका प्रशासन कार्यालय हरिवनकाे प्रमुखकाे रुपमा आएका हुन् । क्लबका अध्यक्ष सुमन तिलक सिन्धाली मगर लगायत अन्य पदाधिकारीहरुले ईलाका प्रशासन कार्यालयमै पुगेर मंगलबार दिउँसाे थापालाई कदरपत्र सहित स्वागत एवं सम्मान गरेका हुन् । क्लबका लागि हरसमय आवश्यक सल्लाह सुझाव सहित शुभेच्छा राखुनुहुने भएकाले थापालाई स्वागत सम्मान गरिएकाे अध्यक्ष सिन्धालीले जानकारी दिए ।