हरिवन, १६ फागुन – हरिवन स्थित सनराईज अंग्रेजी माध्यमिक बिद्यालयकाे आयाेजनामा १६औं टीका स्मृति नकआउट फुटबल प्रतियोगिता सूरु भएकाे छ ।
मंगलबार दिउँसाे भएकाे उद्घाटन खेलमा आयाेजक सनराइज अंग्रेजी माध्यमिक विद्यालय २-० गाेलले विजयी भएको छ । सनराईजले घुर्काैली स्थित पंचईशाका विद्यालयलाई पराजित गरेकाे हाे । जिल्ला स्थित १८ वटा संस्थागत विद्यालयहरुले भाग लिएकाे प्रतियाेगिताकाे हरिवन नगरपालिकका मेयर रमेश बुढाथाेकी (कमल) ले उद्घाटन गरेका छन् ।
सनराईजकाे आफ्नै मैदानमा खेल सूरु हुनु अघि विद्यालयका संस्थापक ज्ञान प्रसाद पोखरेलकाे अध्यक्षता तथा मेयर बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा उद्घाटन समाराेह भएकाे थियाे । उद्घाटन समाराेहमा हरिवन नगरपालिकाकी उप-प्रमुख हरिमाया घलान, हरिवन नगरपालिकाका शिक्षा अधिकृत रुष्टलिन चौलागाईं सहित विभिन्न राजनैतिक, शिक्षा एवं खेलकुद क्षेत्रका व्यक्तित्वहरुकाे विशिष्ट आतिथ्यता रहेकाे श्रवण भट्टराईले जानकारी दिए ।
सनराईजका संस्थापक पाेखरेलका पीता स्व. टीका प्रसाद पोखरेलको स्मृतिमा यो प्रतियोगिता हरेक बर्ष हुँदै आएकाे छ ।