logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आलु बोकेको ट्याक्टर पल्टियो, च्यापिएर चालकको मृत्यु


  • उज्यालो अभियान

मूर्तिया, ५ फागुन – सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलस्थित सोल्टी मोडमा आज बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बरहथवाबाट आलु लोड गरी नयाँरोडतर्फ आउँदै गरेको ना २ त ७५२५ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक बाराको पचरौता नगरपालिका–५, बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको हो । सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीमा खबर गरेका थिए ।

तत्कालै इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरी ह्याप्पी अस्पताल बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवा जनाएको छ ।