logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मौसम पानी पर्लाजस्तो भई धुम्म


  • उज्यालो अभियान

मलंगवा, २ फागुन – सर्लाहीको मौसम आज बिहानैबाट बदली भएर धुम्म भइरहेको छ ।

यहाँ घाम लाग्न नसकेर पानी पर्लाजस्तो भई मौसम धुम्मिएको हो । यसअघि हिजो पनि मौसम धाम्मधुम्म भएको थियो ।

सर्लाहीसहित तराई क्षेत्रमा गएको दशैँअघि केही दिन झरी परेदेखि त्यसपछि भने वर्षा हुन सकेको छैन् । पानी नपर्दा सुक्खापन बढ्दै गइरहेको छ ।

पानी पर्न नसक्दा धुलो, धुँवाको प्रदुषण निकै बढेको छ । वर्षा नहुँदा खोला, खोल्सी सुकेर पानी छैन् । किसानले गहुँलगायत अन्य हिउँदे बालीमा सिँचाईको समस्या हुन थालेको बताएका छन् ।

सुक्खापन बढेर जिल्लाको वनजंगलमा फाट्टफुट्ट डढेलो लाग्न सुरु भइसकेको छ । कच्ची सडकहरुमा असाध्य धुलो उडेर रोड छेउछाउ घर भएका सर्वसाधारण तथा पैदलयात्री र मोटरसाइकल चालक प्रभावित बनिरहेका छन् ।

यहाँ चिसो भने दिनानुदिन घट्दो क्रममा छ । शितलहर रोकिएर अधिकतम तापक्रम बढ्दै गएर जाडो घट्न थालेको हो ।

आज बिहान ७ बजे सर्लाहीको तापक्रम १६ डिग्री सेल्सीय मापन भएको छ ।