logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

स्वास्थ्य मन्त्री सिंहद्वारा भवानीपुरमा स्वास्थ्य चौकी र प्रहरी चौकी भवनको शिलान्यास


  • उज्यालो अभियान

बसबरिया, २८ माघ – मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले आइतबार सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा स्वास्थ्य चौकी र प्रहरी चौकी भवनको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको ४० लाख रुपैयाँबाट बन्न लागेको स्वास्थ्य चौकी भवन र ३० लाख रुपैयाँबाट बन्न लागेको प्रहरी चौकी भवनको उहाँले एकैसाथ शिलान्यास गरेका हुन् । आफ्नै भवन नहुँदा अहिले भवानीपुर स्वास्थ्य चौकी धर्मशालाको साँघुरो भवन र प्रहरी चौकी साबिकको गाउँ विकास समिति (गाविस) को जिर्ण तथा साँघुरो भवनबाट संचालन भइरहेको छ ।

गाउँकै एैलानी जग्गामा स्वास्थ्य चौकी र प्रहरी चौकी भवन बन्ने भएको नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साहले जानकारी दिए । उनका अनुसार आगामी असारसम्ममा स्वास्थ्य चौकी र प्रहरी चौकीको नयाँ भवन बनिसक्ने छ ।