हरिवन, २९ माघ – सर्लाहीको हरिवनस्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको केन्द्रिय सदस्यमा चयन भएका छन् ।
काठमाडौँमा सम्पन्न नवौँ, दशौँ र एघारौँ संयुक्त वार्षिक साधारण सभामा मधेश प्रदेशबाट श्रेष्ठ संचालक समितिमा चयन भएका हुन् । श्रेष्ठ यसअघि पनि उक्त संघको केन्द्रीय सदस्य थिए ।
साधारण सभाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नयाँ कार्य समिति चयन गरेको छ ।