logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पाँचकुमारी ब्यारेकमा चित्रकला प्रतियोगिता, अर्किड हरिवन पहिलो


  • उज्यालो अभियान

नवलपुर, २९ माघ – सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित नवलपुरमा रहेको नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकमा आइतबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

सेनाले जिल्लामा भूतपूर्व तथा बहालवाला सेनाका सन्ततीलाई विशेष छुटमा पठनपाठनको व्यवस्था मिलाएको विद्यालयका विद्यार्थीलाई सहभागी गराएर ब्यारेकमै चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । एभरेष्ट एकेडेमी लालबन्दी, लालिगुराँस एकेडेमी इश्वरपुर, लर्ड ब्राइड विजडम इन्टरनेशनल इङ्गलिस स्कुल नवलपुर र अर्किड इङ्गलिस सेकेण्डरी स्कुल हरिवनका २-२ जना विद्यार्थीलाई सहभागी गराई चित्रकलामा प्रतिस्पर्धा गराइएको भैरवीदल गण पाँचकुमारी ब्यारेकले जनाएको छ ।

चित्रकलामा अर्किडका छात्रा सजना कार्की नेतृत्वको टोली पहिलो, लालिगुराँसका छात्र राहुलराज ठाकुर नेतृत्वको समूह दोस्रो र लर्ड ब्राइडका छात्रा राहत खातुन नेतृत्वको समूह तेस्रो भएको छ ।

पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यालयका विद्यार्थी तथा सहभागी विद्यालयका विद्यार्थीलाई भैरवीदल गणका गणपति प्रमुख सेनानी सूर्यबहादुर कार्कीले नगद पुरस्कार, प्रमाण पत्र र शैक्षिक सामग्री प्रदान गरेका छन् ।

गणपति कार्कीले विद्यार्थीको आत्मभरोसा, वौद्धिक क्षमता, व्यक्तित्व एवं सिर्जनशील शक्तिको विकासका लागि आगामी दिनमा यस्ता प्रकारका प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।