logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया


  • उज्यालो अभियान

हरिवन, २७ माघ – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभहलमा सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक वन उपभोक्ता महासंंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंंघका केन्द्रिय सदस्य उतर कुमार मैनाली, पार्वती विस्वाकर्मा, हरिवन नगरपालिकाका कार्यवाहक नगरप्रमुख हरिमाया घलान, डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत राकेश रन्जन दास, सुवास कुशवाहालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको महासंघका पूर्व केन्द्रिय सदस्य कृष्ण गौतमले सहजीकरण गरेका थिए भने संचालन जिल्ला उपाध्यक्ष प्रल्हाद बुढाथोकीले गरेका कार्यक्रममा संंयोजक पिंकी मेहेताले समग्र कार्यक्रमको विषयमा जानकारी गराईन् ।

कार्यक्रममा यहाँका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो ।