logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दीमा भोली सार्वजनिक बिदा


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, २७ माघ – तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा लालबन्दी नगरपालिकाले पनि भोली स्थानीय सार्वजनिक बिदा दिएको छ ।

नगरप्रमुख बासुदेव अधिकारीले सूचना जारी गरी तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री सम्वत् २८६० डुक÷मु पुर्खी ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको उपलक्ष्यम स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै भोली नगरभित्र बिदा दिइएको उल्लेख गरेका छन् ।

उक्त पर्व हर्षोउल्लासपूर्वक मनाउन भोली २८ गते आइतबार नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ ।

यस पर्वको अवसरमा जिल्लाको हरिवन र बागमती नगरपालिकाले पनि भोली स्थानीय बिदा दिएका छन् ।

पर्वको मुख्य दिन आज परेको र आज त्यसैपनि सार्वजनिक बिदा रहेकाले यि तीन पालिकाले भोली थप एक दिन बिदा दिएका हुन् ।