बागमती – २७ माघ – तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको अबसरमा भोलि बागमतीस्थित निर्माणाधीन माछा पोखरी (भरत ताल) मा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
तामाङ समुदायले हरेक वर्ष माघ सुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्षको रुपमा सोनाम ल्होछार मनाउने गर्छन् ।
कार्यक्रममा प्रमुख अतीथिकोरुपमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान आउने नेपाल तामाङ घेदुङ नगर कार्यसमितिका अध्यक्ष जय बहादुर गोलेले जानकारी दिए ।
भोली बिहान ११ बजेबाट सुरु हुने साँस्कृतिक कार्यक्रममा रास्ट्रिय कलाकारहरु साँस्कृतिक प्रस्तुतिसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुने घेदुङ बागमती नगरका पूर्व उपाध्यक्ष रोशन लामाले बताए ।
पर्वको दिन आज बागमती, हरिवन, लालबन्दी र ईश्वरपुरका विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना गरिएका छन् ।