प्रतिकात्मक तस्बिर ।
बरहथवा, २६ माघ – सर्लाहीको बरहथवामा गएराति एउटा कस्मेटिक पसलमा आगलागी भएको छ ।
बिजुली सर्ट भएर बरहथवा नगरपालिका ५ बजारमा रहेको उज्वल श्रेष्ठको घरमा मलंगवा ७ का रवीन्द्र प्रसाद जैसवालले संचालन गरेको जयसवाल फेन्सी पसलमा आगलागी भएको हो । आगलागीबाट पसल र पसलभित्रका सरसामग्री पूर्णरुपमा जलेको छ ।
गएराति साँढे ८ बजेतिर भएको आगलागी प्रहरी र स्थानीय भएर निभाएका थिए । इलाका प्रहरी कार्यालय बरहथवाले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जनाएको छ ।