logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ठिर्याउँदो चिसो यथावत्, तापक्रम १० डिग्री सेल्सीयस


  • उज्यालो अभियान

मलंगवा, २६ माघ – सर्लाहीमा आज पनि अहिले बिहानपख ठिर्याउँदो चिसो कायमै छ ।

यहाँ हिजो पनि बिहानभर कठ्यांग्रिदो चिसो भई दिउँसोपख भने पारिलो घाम लागेको थियो । आज पनि बिहानपख ठिर्याउँदो चिसो दोहोरिएको हो ।

यहाँ हिजोको तुलनामा आज अधिकतम तापक्रम भने बढेको छ । हिजो बिहान ७ बजे ९ डिग्री सेल्यीयस थियो भने आज १० डिग्री सेल्सीयस पुगेको छ । उत्तरी चुरेभेग र हाईवे क्षेत्रमा पातलो मात्रामा हुस्सुकै बीच घाम देखा पर्न थालेको छ ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने बाक्लो मात्रामा हुस्सु लागिरहेको छ । उत्तरी भेगको तुलनामा होचोँ भू–भागमा पर्ने दक्षिणी बेल्टमा ढिलो गरी मौसम उघ्रिने गरेको छ । आज शितलहर भने रोकिएको छ ।

हिजोआज विशेष गरी बिहानपखको जाडोले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुसहित स्कुल जानुपर्ने विद्यार्थी, मजदुर, किसान, बिरामी, शिशु, वृद्धवृद्धा र अशक्त प्रभावित बनिरहेका छन् ।

न्यानो कपडा नभएका गरिबगुरुवा कठ्यांग्रिएर बस्न बाध्य छन् । हुस्सुले गोलभेँडा, आलु, खुर्सानी, कोबी जस्ता तरकारी बालीमा ठन्डीको संक्रमण देखिन थालेको किसानले बताएका छन् ।