तस्बीर : सुनिल ठाकुर/उज्यालो अभियान
चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आजबाट दुई दिने निःशुल्क परिवार नियोजन स्थायी वन्ध्याकरण शिविर सुरु भएको छ ।
चक्रघट्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित दुई दिने शिविरमा ९० जनाको मिनिल्याप गरिने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर साहले जानकारी दिए । शिविर संचालनमा स्वास्थ्य कार्यालय मलंगवा सर्लाही र सुनौलो परिवार नेपालको सहयोग रहेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष मिना देवी रायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादवसहित गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । शिविर चक्रघट्टा बजारस्थित गाउँपालिकाको प्राङ्गणमै संचालन गरिएको छ ।