गम्हरिया – नापी कार्यालयका कर्मचारी सवार गाडी दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ ।
घिमिरेको एलेक्स न्यूरो अस्पताल कलैया बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैय, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार जारी छ । नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।