logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हुस्सु हटेर घाम लाग्न थाल्यो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको उत्तरी भेगमा हुस्सु हटेर घाम लाग्दै गएको छ ।

उत्तरी चुरेभेगमा पारिलो घाम लागिसकेको स्थानीयले बताएका छन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पनि हुस्सुकै बीच घाम लाग्न थालेको हो ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने हुस्सु लागिरहेको स्थानीयले बताएका छन् । यहाँ हिजो पनि बिहानपख दक्षिणी भेगमा बाक्लो हुस्सु लागेकोमा बिहान ९/१० बजेपछि मात्रै हुस्सु हटेर पारिलो घाम लागेको थियो ।

दिउँसोपख चैत, बैशाखमा झैँ हावा चलेको थियो । माघ १५ सम्म सर्लाहीमा दुई साता लगातार शितलहर चलेको थियो । तर, त्यसपछि भने दिउँसोपख पारिलो घाम लाग्दा जनजीवन सामान्य बनेको छ ।

घाम लाग्न थालेपछि चिसो धेरै हदसम्म कम भएको छ । माघ पहिलो र दोस्रो साताको तुलनामा ठिर्याउँदो चिसो घट्दै गएको महशुस स्थानीयले गरेका छन् ।