logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा आयोजित क्रिकेट प्रतियोगिताको फाइनल आज


  • उज्यालो अभियान

मलंगवामा आयोजित क्रिकेट प्रतियोगिताको फाइनल आज

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आयोजित जिल्ला स्तरीय टि–ट्वान्टी शहीद कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

प्रतियोगिताको उपाधिका लागि मलंगवा नगरपालिका र गोडैता नगरपालिकाबीच फाइनल खेल हुन लागेको हो । खेल मलंगवा १० स्थित तिनबिघे मैदानमा केहीबेर पछि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित कप, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।