logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रेडियो बन्धनले चौंथो वार्षिकोत्सव मनायो


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैता बजारबाट प्रशारण भइरहेको रेडियो बन्धन ९९.२ मेगाहर्जले मंगलबार चौंथो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार (बब्लु), चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद यादव, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव, कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव, बसबरिया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादव, रामनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार यादव, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीलगायत सहभागी भएका छन् ।

सहभागी अतिथिले रेडियोको थप प्रगतिको कामना गरेका छन् ।

रेडियोले बिहान ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न समाचार तथा मनोरन्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको रेडियोका संचालक निरज यादवले बताए ।