logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी सिटी जेसीजको पदस्थापन समारोह सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी सिटी जेसीजको ५ औँ पदस्थापन समारोह शनिबार साँझ अबेर सम्पन्न भएको छ ।

लालबन्दी ९ स्थित होटल आर्या इनमा पदस्थापन समारोह सम्पन्न भएको हो । समारोहमा लालबन्दी सिटी जेसीज वर्ष २०२४ का लागि उपेन्द्र महतोको नेतृत्वमा नयाँ समिति घोषणा गरिएको छ ।

महतो नेतृत्वको समितिको कार्यकारी उपाध्यक्ष द्वयमा उत्सव वन र कुमार घिमिरे, उपाध्यक्षहरुमा रवीन बोहोरा, प्रतिमा पौडेल, रामेश्वर महतो र सरिता केसी रहेका छन् । पदस्थापन समारोहमा लालबन्दी सिटी जेसीज वर्ष २०२३ का अध्यक्ष मनोजकुमार बख्रेलले वर्ष २०२४ का अध्यक्ष उपेन्द्र महतोलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित जेसीजको पदस्थापन समारोहमा उपमेयर कल्पनामाया पाख्रिन, इलाका प्रहरी प्रहरी कार्यालय लालबन्दीका प्रमुख हरिबोल केसी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, छिमेकी जेसीजका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।