logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विदेशका विद्यार्थीसँग एलिटका विद्यार्थीको अन्तरक्रिया


  • उज्यालो अभियान

बगमती – बागमती नगरपालिकास्थित एलिट बोर्डिङ स्कुलका विद्यार्थीले प्रविधिको प्रयोग गरी विभिन्न देशका विद्यार्थीसँग अनलाईनबाट अन्तक्र्रिया गरेका छन् ।

विद्यार्थीले बेलायत, हंगेरी, रुस, भियतनामका विद्यार्थीसँगका त्यहाँ शिक्षकसहित आफ्ना यहाँका शिक्षक समेत राखेर भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् । विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीबीच सामाजिक, आर्थिक, शैक्षिक गतिविधिका विषयमा अन्तक्र्रिया गरेका कार्यक्रम प्रशिक्षक विवशजंग थापाले बताए ।

विद्यार्थीले भर्चुअल माध्यमबाटै एक अर्काबीच नृत्य, गायन समेत प्रस्तुत गरे । यस प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उद्देश्य रहेको विद्यालयका प्रधानाध्यापक पदम दाहालले जानकारी दिएका छन् ।