logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रदेश सरकारबाट प्राप्त कम्बल चिसो प्रभावितलाई वितरण कार्य जारी


  • उज्यालो अभियान

मलंगवा – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मधेश प्रदेश सरकारले उपलब्ध गराएको कम्बल धमाधम चिसो प्रभावित अतिविपन्न परिवारलाई वितरण गरिरहेको छ ।

बिहीबारदेखि कम्बल वितरण गर्न सुरु गरिएको हो । शुक्रबार बेलुकासम्म मलंगवा, बलरा, गोडैता, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर र धनकौलमा १२ सय ८० थान कम्बल वितरण गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिबार कविलासी, बागमती, हरिवन, ईश्वरपुर, चन्द्रनगर, पर्सा र ब्रम्हपुरीमा कम्बल वितरणको गरिँदै छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल आफै चिसो प्रभावित बस्तीमा पुगेर कम्बल बाँड्दै हिँडेका छन् ।