सुदामा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा ब्यारेजमा आज दिउँसो तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
सुदामाबाट खैर्बातर्फ आउँदै गरेको बीआर ३० एडी ७२१२ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक बलरा नगरपालिका ११ का २७ वर्षिय राकेश राउत घाइते भएका हुन् ।
राउतको बलरास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।