logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बाक्लो हुस्सु लागेर चिसो


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा अहिले बिहानपख बाक्लो मात्रामा हुस्सु लागेर चिसो छ ।

यहाँ आज शित र चिसो स्याँठ भने केही कम छ । तर हुस्सु यथावत् रहेर चिसो कायमै रहेको हो । बिहान पातलो मात्रामा लागेको हुस्सु अहिले थप बाक्लिँदै गएको छ ।

उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा अझ बढी चिसो छ । आज बिहान ७ बजे सर्लाहीको तापक्रम ९ डिग्री सेल्सीयस मापन भएको छ । यहाँ हिजो र अस्ती दुई दिन बिहानपख हुस्सु लागेपनि दिउँसोपख भने मौसम उघ्रिएर पारिलो घाम लागेको थियो ।

पुस अन्तिरतिरबाट सर्लाहीसहित तराई–मधेश क्षेत्रमा जाडो बढेको हो । विगत २ दिनदेखि भने दिउँसोपख घाम लाग्न थाल्दा चिसोे प्रभावित स्थानीयले राहत महशुस गरेका छन् ।

मौसममा क्रमिक रुपमा सुधार हुँदै गएको भन्दै यहाँका पालिकाहरुले धमाधम विद्यालय संचालन गर्न थालेका छन् । लालबन्दी नगरपालिकाले हिजोदेखि विद्यालय खुलाएको छ भने ईश्वरपुर नगरपालिकाले पनि सूचना जारी गरेर आजदेखि विद्यालय संचालन गर्न निर्देशन दिएको छ ।