जुटपानी – सर्लाही कविलासी नगरपालिकास्थित अगर्बामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले मंगलबार वृद्ध सेवाश्रममा आश्रित वृद्धवृद्घालाई फलफूल वितरण गरेको छ ।
२३ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरीले वृद्ध आश्रममा फलफूल वितरण गरेको हो । लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रित ५७ बृद्घबृद्घालाई फलफूल वितरण गरिएको सशस्त्र प्रहरीले जनायो ।
२३ औं सशस्त्र प्र्रहरी दिवसको अवसर पारेर सेवाको भावले बृद्घ सेवा आश्रममा पुगि वृद्घवृद्घालाई फलफूल वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर भण्डारीले बताए ।
वृद्ध सेवाश्रमकी ब्यवस्थापक भवानी कोइरालाले सशस्त्र प्रहरीले दिवसको अवसरमा वृद्ध सेवाश्रमलाई सम्झेकोमा धन्यवाद प्रकट गरिन् । २०५५ सालमा स्थापना भएको वृद्ध सेवाश्रम दाताको सहयोगबाट चल्दै आएको छ ।